News

फोटो इडिट गरेर प्रचण्डलाई भारतीय पुष्टि गर्न खोज्ने टाईगर पक्राउ

फोटो इडिट गरेर प्रचण्डलाई भारतीय पुष्टि गर्न खोज्ने टाईगर पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले भारतीय आधार कार्ड, आयकर कार्ड, गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को कार्डलगायतमा इडिट गरी प्रधानमन्त्री दाहालको फोटो र हस्ताक्षर राखी सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

यसैगरी, प्रधानमन्त्रीपत्नी सीता दाहालको मृत्युलाई समेत असंवेदनशील तरिकाले प्रचार गरेको उनीमाथि आरोप छ। ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाई इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको जनाईएको छ।

रानालाई सोमबार काठमाडौं ल्याईएको छ। 
 

विशेष