News

केन्द्रीय समितिको बैठक लाईभ गर्ने देउवाको प्रश्तावले युवा नेता दबाबमा

केन्द्रीय समितिको बैठक लाईभ गर्ने देउवाको प्रश्तावले युवा नेता दबाबमा

पार्टी बैठकमा उठेका कुरा मिडियामा नदिन पटक पटक आग्रह गर्दा पनि नेताहरुको प्रवृत्तिमा सुधार नआएपछि यस पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै वैठक लाईभ गर्ने प्रश्ताव गरेका छन्।

वैठकमा उठेका कुरा हुबहु मिडियामा आउने नै भएपछि मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको वैठक लाईभ गर्ने प्रश्ताव देउवाले गरेका हुन। आफ्नो निवास धुम्बाराहीमा सोमबार अपराह्न बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए।

सहमहामन्त्री महेन्द्र यादवका अनुसार ब्यक्तिगत रुपमा मिडियामा कुरा बोक्नु भन्दा पार्टीको फेसबुक पेजमा बैठकको लाइभ गर्न देउवाले प्रश्ताव गरेका थिए। विगतमा देउवाले पार्टी बैठकमा उठेका कुरा हुबहु मिडियामा आउने गरेको भन्दै बैठकका कुरा बाहिर नलान आग्रह गर्ने गरेका थिए । तर, बैठकमा उठेका विषय मिडियामा आउन नरोकिएपछि देउवाले चिढिएका छन्।

सभापति देउवाको प्रश्तावमा धेरै नेताहरू सहमत भएको पूर्वमहामन्त्री शशांक कोइरालाले बताए । केही नेताले भने लाइभ हुँदा नेताहरूले मनदेखि नबोल्ने वताएका थिए। लाइभ गर्ने÷नगर्ने बारे भोलि सभापतिले निर्धारण गर्ने कोईरालाको भनाई छ। 
 

केन्द्रीय समितिको बैठक

विशेष