यमुनाको बाढी ताजमहल छि-यो, गाउँमा रेड अलर्ट जारी
भारतमा लगातारको वर्षापछि आगराको यमुना नदीले खतराको स्तर पार गरेको छ। यमुनाको बाढी ४५ वर्षपछि पहिलो पटक ताजमहलको पर्खालमा पुगेको जनाईएको छ।
दिल्लीमा यमुनाको पानीको स्तर केही घटेपछि अझै पनि खतराको चिन्ह २०५.३३ मिटर माथि बगिरहेको छ। गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ।
यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ।