News अपराध सुरक्षा

पूर्वकृषि तथा सहकारी मन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

पूर्वकृषि तथा सहकारी मन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ। एमाले नेतासमेत रहेका यादवलाई बैंकिङ कसुरमा आईतबार पक्राउ परिएको हो।

बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही लाने तयारी भईरहेको छ। रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि उनी विरुद्ध माघ १० गते मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्तापछि एमाले नेतासमेत रहेका यादवविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।  ०७४ सालमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएपछि जसपाले कारबाही गरेका यादव गत चुनावअघि एमालेमा प्रवेश गरेर चुनाव लडेका थिए। उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

बैंकिङ कसुर

विशेष