News

रविको पार्टीमा भएको कुटाकुट प्रहरी कार्यालयमा मिलापत्र, जिल्ला संयोजक फेरियो

कुटाकुटको घट्ना सार्वजनिक गर्नेलाई कारवाही गर्न काठमाण्डौं बोलाईयो

रविको पार्टीमा भएको कुटाकुट प्रहरी कार्यालयमा मिलापत्र, जिल्ला संयोजक फेरियो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भएको कुटाकुट प्रहरी कार्यालयमा मिलापत्र भएको छ। रास्वपाको रुपन्दीमा शाखामा दुई गुटबीच विवाद भएपछि गत वुधवार राती कुटाकुट भएको थियो।

पार्टीका सैनामैना –यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले शनिवार पत्रकार सम्मेलन गरी घट्ना सार्वजनिक गरेका थिए। जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटाकुट हुदै अहिले प्रहरी कार्यालयमा मिलापत्र भएको छ।

घट्ना वाहिरिएपछि रास्वपाको आलोचना भईरहेको छ। जानकारी अनुसार आफुमाथि कुटपिट भएको भन्दै घट्ना सार्वजनिक गर्ने खत्रीलाई इलाका प्रहरी कार्यालय बुटबलमा माफी मगाई अवदेखि गल्ती नगर्ने कागज गराइएको छ। खत्रीले ‘आफैबाट हात उठाएर गल्ती भएको’ कागज गरेका छन् ।

उनले पार्टीको एउटा गुटले स्थापनाकालदेखि नै इमान्दार कार्यकर्ताको सदस्यता खारेजी गर्ने षडयन्त्र गरिरहेको र त्यस विषयमा आवाज उठाउँदा राती ९ वजे पार्टीको सैनामैना नगर समितिको कार्यालयमामा बोलाएर प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतले कुटपिट गरेको आरोप लगाएका थिए।

तिलोत्तमा नगरपालिका–१७ पिपरहियास्थित बाल विकास आधारभूत विद्यालयमा पढाउने शिक्षक समेत रहेका जिल्ला संयोजक ज्ञवालीलेका विषयमा कुरा उठाएपछि आफूमाथि कुटपिट गर्ने योजना वनाईएको उनको आरोप थियो।

यसैगरी, उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको काम गरेको आरोप उनले लगाएका थिए। घिमिरे, ज्ञवाली र तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व कब्जा गर्न अनावश्यक गतिविधि गर्न थालेपछि त्यसको विरोध गर्दा आफूमाथि आक्रमण भएको उनले बताएका थिए।

खत्रीलाई घटनामा संलग्न भएको र विषय बाहिर ल्याएको भन्दै थप अनुशन्धान गर्न काठमाण्डौं बोलाईएको छ। विवादित भएपछि जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ । गत माघ २४ गते ज्ञवाली संयोजक भएका थिए।

यो पनि,

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दामोदर खत्री

विशेष