News

कुर्सीमा बसेकै अवस्थामा कृषि शाखा प्रमुखको ज्यान गयो

कुर्सीमा बसेकै अवस्थामा कृषि शाखा प्रमुखको ज्यान गयो

बाजुराको बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख ५५ वर्षीय जयलाल दानीको कुर्सीमा बसेकै अवस्थामा ज्यान गएको छ।

बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान दानी मृत अवस्थामा फेला परेका हुन। 

नगरपालिकाकै कर्मचारीले उनको बारेमा प्रहरीलाई जानकारी दिएका थिए। बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बाजुराका डीएसपी कबिन्द्र बोहराले बताए।

विशेष