News अपराध सुरक्षा

क्लबमा गुण्डागर्दी गर्ने समुहलाई छोड्न राष्ट्रपतिको दबाब, प्रहरी कार्यालयमै मान्छे पठाए

क्लबमा गुण्डागर्दी गर्ने समुहलाई छोड्न राष्ट्रपतिको दबाब, प्रहरी कार्यालयमै मान्छे पठाए

असार २२ गते राति करिव २ बजे पर्यटकीय क्षेत्र ठमेलमा रहेको क्लब ओम्नियामा एउटा समुह छिरेर सञ्चालक तथा कर्मचारीमाथि कुटपिट गर्दै तोडफोड मच्चायो। घट्नामा संलग्न थियो– प्रहरीको इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगी सानुभाइ भनिने युवराज गुरुङको समुह।

युवराज गुरुङको समुहले नुवाकोट सूर्यगढी गाउँपालिका– १ घर भएका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भयो। त्यसपछि प्रहरीले युवराजसहित ८ लाई पक्राउ गरेको छ।

०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरी फरार भएका सानुभाइ लोडेड पेस्तोलसहित घुमिरहेको अवस्थामा ०७२ मा पक्राउ परेका थिए। उनकै समुहले ०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथि पनि आक्रमण भएको थियो।

उनी फेरी ठमेलको घट्नामा जोडिए। प्रहरीले नुवाकोट ककनी– ५ का ३३ वर्षीय युवाराज, सोही स्थानका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, सोही स्थानका ३२ वर्षीय सुरज कायस्थ, शेरलाल पौडेल, रघु तामाङ र विनोद तामाङलाई पक्राउ गरेर हिरासतमा राखेको छ।

ति मध्ये तनहुँ र पोखरामा आपराधिक गतिविधि गरिरहेका सुवास र सुरज कायस्थ दाजुभाई हुन। तनहुँ प्रहरीले उनीहरूलाई आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ गर्दै छोड्दै आएको छ।

काठमाडौंमा आपराधिक घटनापछि युवराज गुरुङसहितको समूहलाई उनीहरूले तनहुँ र पोखरामा सेल्टर दिने गरेको खुलेको छ । अहिले उनीहरु युवराजलाई सेल्टर दिएको र स्कर्टिङ गरेको आरोपमा पक्राउ परेका हुन् ।

कांग्रेसको भातृ संगठन तरुण दलसँग नजिक रहेको यो जोडिलाई छुटाउन राष्ट्रपति रामचन्द्र पौडेल लागि परेको स्रोतले वताएको छ। आफनै जिल्लावासी र कांग्रेसी नै भएका कारण पौडेलले उनीहरुलाई छोडन दबाव दिएको खुलेको छ।

पौडेलले उनीहरुलाई छुटाउन राष्ट्रपति कार्यालयबाट एक जनालाई काठमाडौं प्रहरी परिसर नै पठाएको समेत स्रोतको दावी छ। 

राष्ट्रपति

विशेष