News अपराध सुरक्षा

परिवार नै नियन्त्रणमा लिएर १७ वर्षिया किशोरीको सामुहिक बलात्कार

परिवार नै नियन्त्रणमा लिएर १७ वर्षिया किशोरीको सामुहिक बलात्कार

सप्तरीको कञ्चनरुप नगरपालिमा ४ जना किशोरले परिवारलाई नै बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेका छन्। बलात्कार गर्नेमा किशोरीले भाईटिका लगाउँदै आएका पुरुषसमेत छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घट्ना गत असार २९ गतेको हो। ज्याला मजदुरी गर्ने किशोरीका पिता काम विषेशले जनकपुर गएका थिए। घरमा किशोरीका आमा, दिदी, किशोरी र उनका एक जना साथी थिए। 

राति करिव साढे १० वजे आरोपीहरु दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेल घरमा छिरे र सवैभन्दा पहिला किशोरीका आमा र दिदीलाई एउटा कोठामा थुनेर वाहिरबाट चुक्कुल लगाई दिए।

त्यसपछि किशोरी र उनका साथीलाई कुटपिट गरेर फोटो खिचेर फेसवुकमा भाईरल वनाई दिने धम्की दिए। त्यसपछि साथीलाई घरमै थुनेर नजिकै रहेको पुरानो खाली घरमा लगेर किशोरीलाई पालैपालो बलात्कार गरेको अनुशन्धानबाट खेलेको प्रहरीले जनाएको छ।

किशोरीले सोमवार दिएको जाहेरी अनुसार बलात्कार गर्ने क्रममा दाई पर्ने पुरुषलाई उनले आफुलाई छोडिदिन आग्रह समेत गरेकी थिईन। त्यसपछि उनले थप कुटपिट गरेको पाईएको छ। ‘कम्तीमा तपाईले त टीकाको लाज राख्नुस्, भनेपछि झन कुटपिट गरे’– किशोरीले भनेकी छिन्।

बलात्कारपछि कुटपिट गर्दै घरमै लगेर छोडिदिएको र घट्ना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएको पीडितले वताएकी छिन्। जाहेरीपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बलात्कार

विशेष