भजन स्टार सशान र लक्ष्मीको ‘ओम भोले शंकरा’ सार्वजनिक

‘भजन स्टार’ सशान कंडेल र गायिका एवम् संगीतकार लक्ष्मी हमालका श्रावण विशेष भजन गीत सार्वजनिक भएको छ। दुई जनाको संयुक्त प्रयासमा शिव भजन ‘ओम भोले शंकरा’ सार्वजनिक भएको हो।
‘ओम भोले शंकरा’को भिडियो सशान कंडेल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । यसअघि बंगलामुखीको भजन ल्याइसकेकी लक्ष्मी र ‘एक दिन त जानु छ संसार छोडेर.. हरिबोल’बाट अपार प्रसंशा एवं ख्याती बटुलेका सशानले ‘ओम भोले शंकरा’लाई रकपप टाइपमा प्रस्तुत गरेका छन् ।
भजनको शब्द, संगीत र फिमेल गायन लक्ष्मी आफैंले गरेकी छन् भने मेल गायनमा सशानले साथ दिएका छन् । भिडियोको निर्देशन भने सशानले गरेका छन् । सशानले यसअघि पनि थुप्रै शिव भजन ल्याइसकेका छन् ।
दिपक गिरी र राज पोखरेलले छायाङ्कन गरेको भिडियोमा कोरियोग्राफर समेत रहेका सुरेश खोली, एलिशा तामाङ, शिशिर ज्ञवाली, सुरेस सेन्चुरी फिचर्ड छन् । ग्राफिक्स र भिडियो सम्पादन विकाश दाहालले गरेका छन् । गुन्जन रेकर्डिङ स्टुडियोले अडियो मास्टरिङ गरेको भजन एरेन्ज भने सन्जय हमालले गरेका हुन्।