दुई जनालाई कार्यवाहकको जिम्मेवारी दिएर राती नै कम्वोडिया उडे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई जनालाई कार्यवाहकको जिम्मेवारी दिएर कम्बोडिया उडेका छन्।
ओली मंगलबार राति ११ः१० फ्लाईटबाट कम्वोडियाका लागि प्रस्थान गरेका हुन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यहाँ गएको जनाईएको छ।
ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।
कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।
त्यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता सुवास नेम्वाङलाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।