श्रीमती अर्कैसँग फसेपछि फेसबुक लाईभमै २ छोराछोरीसहित युवकले गरे विष सेवन

श्रीमती अर्कासँग फसेको पीरले भारतमा एक ३० वर्षिय युवकले फेसवुक लाईभ गरेर दुई छोराछोरीसहित विष सेवन गरेका छन्। ति पुरुषको मृत्यु भएको छ भने छोराछोरीको उपचार भईरहेको छ।
राजस्थानस्थित हनुमानगढ जिल्लाको पिलिबंगा बस्ने राजकुमारले आवेगमा आएकार विष सेवन गरेका हुन। घटना प्रत्यक्ष हेरिरहेका गाउँलेले तुरुन्तै घटनास्थल पुगेर तीनै जनालाई अस्पताल लगेका थिए ।
गम्भीर अवस्थामा जिल्ला अस्पताल लैजाँदै गर्दा ति युवकको बाटो मै मृत्यु भएको थियो। दुवै बालबालिकाको उपचार भइरहेको छ ।
लाइभ भिडियोमा ती व्यक्तिले आफ्नी श्रीमती, श्रीमतीको कथित प्रेमी र केही अन्य व्यक्तिलाई आफ्नो र बच्चाको मृत्युको लागि जिम्मेवार भनेका छन् । भिडियोमा रुँदै उनले साढे दुई वर्षदेखि निकै तनावमा रहेको र आफूहरूलाई यातना दिइएको बताएका छन् ।