भाग्दै गर्दा विमानस्थलबाट पक्राउ परेका चुवान हुन १ क्विन्टल सुनका मालिक ?
१ क्विन्टल सुन तस्करी प्रकरणमा भाग्दै गरेका एक चीनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले पक्राउ चीनियाँ नागरिक लिङ चुवानलाई नियन्त्रणमा लिएको हो। उनलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाईएको छ।
चीनियाँ नागिर चुवान नै सुनको असली मालिक भएको चर्चा चलिरहेको छ। तर, उनी मालिक हुन वा कसैका लागि काम गरिरहेका थिए ? भन्ने खुलेको छैन। यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
त्यो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै ६ जनालाई पक्राउ गरीसकेको छ। पक्राउ पर्नेमा दोलखा घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका छन्। समातिएका ६ जना भरिया हुन् वा कारोबारी हुन् भन्ने पनि यकिन खबर बाहिर आइसकेको छैन।