News

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल, खोपीमा दौडधुप

भ्रष्टाचार आरोपी त्रिपाठी र अपराधिक पृष्ठभुमीका लामाबीच प्रतिस्पर्धा

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल, खोपीमा दौडधुप

लुम्बिनीको बिकास, संरक्षण र सम्बद्र्धन गर्ने सरकारी निकाय लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेय (अवधेशकुमार त्रिपाठी)को पदावधी साउन १० गते सकिँदैछ। उनी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षमा नियुक्ति भएका थिए।

त्रिपाठी तेस्रो कार्यकालका लागि पनि उपाध्यक्ष बन्ने तयारीमा छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अध्यक्ष रहने कोषमा उपाध्यक्ष त्रिपाठीको दौडधुप वढिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको खोपीमा गोप्य भेटघाट भईरहेको स्रोत बताउँछ।

यसरी खोपी धाउनेमा त्रिपाठीसहित विवादास्पद छविका ल्यार्क्याल लामा र सुमंगलम भिक्षु (रमेश बानीया) समेत छन्। पूर्व अर्थराज्य मन्त्री रहेका लामा बैशाख २२ गते सम्पन्न वुद्ध जयन्तीमा प्रधानमन्त्री दाहालसँगै लुम्विनी पुगेका थिए।

मन्त्री र प्रधानमन्त्रीको खोपी चाहार्ने र साम, दाम, दण्ड, भेदको प्रयोग गर्न नसक्नेहरु पहिले नै दौडबाट वाहिरिएपछि अहिले मुख्यतया दुई जनाको प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, संवर्धन र विकासका लागि सवैले प्रतिस्पर्धा गर्न पाउने अधिकार भएपनि माथि–माथि नै सम्पन्न हुने प्रकृयाका कारण अहिले चर्चामा उनीहरु मात्र छन्।

प्रधानमन्त्री दाहाल त्रिपाठीलाई नै तेहे¥याउन सकारात्मक देखिएका छन्। तर, पर्यटनमन्त्री सुदन किराँती भने उनलाई हटाएर बिवादास्पद छविका ल्यार्केल लामालाई उपाध्यक्ष बनाउने योजनामा छन्। यही योजना अन्तर्गत उनले जेठ ७ गते कोषका पदाधिकारीलाई सामाजिक सञ्चालबाटै १३ वुँदे स्पष्टिकरण सोधेका थिए।

कोषको उपाध्यक्ष र सचिवलाई एमाले नेतृत्वको सरकारले नियुक्त गरेको र उनीहरु बौद्ध धर्मका बारेमा जानकारसमेत भएकाले उनीहरुलाई फर्नै पर्ने योजनामा किराँती छन्। बौद्ध धर्मसम्वन्धि जानकार हुँदा माओवादी नेता÷कार्यकर्ताको राजनीतिक आग्रह उनीहरुले स्विकार गरिरहेका छैनन्।

केही समयअघि निकै दिन लुम्बिनी बसेका मन्त्री समक्ष पार्टीका स्थानीय नेताकार्यकर्ताले गुनासो गरेपछि झन उनलाई फाल्नै पर्ने योजनामा मन्त्री पुगेको वताईन्छ। १५ दिनभित्र जवाफ पेश गर्न भन्दै सार्वजनिक गरिएको स्पष्टिकरण त्यसैको प्रारुप भएको धेरैको वुझाई छ।

प्रश्न फेसबुकबाट सोध्ने मन्त्रीले उत्तर पाए÷नपाएको विषय अहिलेसम्म जानकारी दिएका छैनन्। कतिपयले त लेनदेन गरेर मन्त्रीका असन्तुष्टि सम्वोधन गरिसकेको आशंका समेत गरेका छन्। ‘मन्त्रीका असन्तुष्टि कसरी सम्वोधन भए त? कोषका पदाधिकारीले जवाफ दिएर चित्त वुझाएकी भुमिगत कालमा झै चन्दा वुझाए ?’ एक भुक्तभोगी भन्छन्–‘होईन भने सामाजिक सञ्जालमा १५ दिने स्पष्टिकरण सोधेका मन्त्रीले त्यसको जवाफ पनि जनतालाई दिनु पथ्र्यो।’

को कस्ता ?
वहालवाला उपाध्यक्ष त्रिपाठी लुम्विनी गुरुयोजना कार्यान्वयन गर्ने भन्दा पनि त्यसलाई छलेर पैसा कमाउनमा तल्लिन छन्। उनीमाथि मन्त्री र विचौलियाको सेटिङमा अरबौं भ्रष्टाचार गरेको आरोप छ। कतिपय विषयमा त उनीमाथि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले समेत प्रश्न उठाएको छ।

लुम्बिनी विकास कोषको मुख्य जिम्मेवारी लुम्बिनी गुरु योजना कार्यान्वयन तथा कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लाहरूमा छरिएका पुरातात्विक स्थलहरूको, अन्वेषण, उत्खनन र संरक्षण हो। जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना बनाएका थिए। तर आर्थिक फाइदाका लागि त्रिपाठीले गुरुयोजनाकै धज्जी उडाएको स्रोत बताउँछ।

उनको सेटिङमा होस्टेमा हैसे गर्ने आयोजना प्रमुख तथा इन्जिनियर सरोज भट्टराई हुन। २०६० बाट आर्किटेक्ट पदबाट लुम्बिनी विकास कोषामा जागिर सुरु गरेका भटराईलाई ०७४ जेठ ५ गते तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट पर्यटन मन्त्री बनेका जितेन्द्रनारायण देवलाई दाम चढाएर योजना प्रमुख बनेको आरोप त्यतिखेर नै लागेको थियो ।

त्यसपछि उनी सदस्य सचिव पनि भए। त्यसपपिछ उनी सचिव र इन्जिनियर दुवैको भुमिकामा रहे। अर्थात् योजनाको स्वीकृति, अनुगमन र भुक्तानी तीनै कामको जिम्मेवारी लिए । योेगेश भट्टराई मन्त्री हुँदा उनलाई सदस्य सचिवबाट हटाए। योजना प्रमुखको पद भने कायम थियो।

५ जेठ २०७९ मा नियुक्तिको अवधि सकिनै लागेपछि भट्टराईले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई २५ करोड वुझाएर ५ वर्षको अवधि थपेर जरा गाडेर वसेको स्रोत वताउँछ।

उनीसँगकै मिलेमतोमा त्रिपाठीले सरसफाई, विद्युत विस्तार, तार भुमिगत गर्ने काम, सडक र पूर्वाधार निर्माणलगायतको ठक्कामा करोडौं कुम्ल्याएको आरोप छ। जसमा सदस्य सचिव सानुराजा शाक्य, उपाध्यक्ष त्रिपाठी, योजना प्रमुख भट्टराई र पर्यटन मन्त्रालयका केही अधिकारीको मिलेमतो छ। उनले कोषको नाममा रकम संकलन गरेर ब्यक्तिगत सम्पत्ति जोडेको आरोप ब्यापक छ।

अर्कोतर्फ माओवादी कोटाको सांसद हुँदैखेरी बैंकको लकरमा बन्दुकको गोली राखेर पक्राउ परेका ल्यार्क्याल लामा अकुत सम्पत्ति, दोहोरो राहदानी, ठगी लगायतका आरोपी हुन। अख्तियारले अकुत सम्पत्ति छानविन गर्दा इन्भेष्टमेन्ट बैंकको उनको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो। उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छोडेपछि गेट वाहिर वसेको प्रहरीले वैदेशिक रोजगारीमा ठगीको आरोपमा पक्राउ गरेको थियो। उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ०७९ भदौमा उजुरी दिएका थिए ।

नक्कली राहदानी बनाउनेदेखि भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएको खवर समेत वाहिरिएको थियो। 

उनले नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएका थिए भने तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट बनाएका थिए। उनीसँग ११२१५८८ नम्बरको नेपाली र २१२९८१२ नम्बरको भारतीय पासपोर्ट छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ ।

लुम्बिनी विकास कोष

विशेष