बिँडी नदिएपछि वृद्धको हत्या, एक महिनापछि पक्राउ परे हत्यारा
सप्तरीको कञ्चनरुप नगरपालिका १० का २८ वर्षिय मनोज पासवानले ‘बिँडी’ नदिएको झोकमा ६५ वर्षिय वृद्धको हत्या गरेको पुष्टि भएको छ।
गत असार ३१ गते कञ्चनरुप ८ बेरियरको बस बिसौनीमा वृद्धको शव भेटिएको थियो। उनको हत्या भएको आशंकामा प्रहरी अनुशन्धान गरिरहेको थियो। सोही क्रममा पासवानले बाँसले टाउकोमा हानेर वृद्धको हत्या गरेको पाईएको छ।
मागी खाने मृतकको पहिचान खुलेको छैन। प्रहरीले मनोजलाई बुधबार पक्राउ गरेको छ । प्रहरीका अनुसार वृद्ध प्रतिक्षालयमा बिँडी खाइरहेको देखेपछि उनीसँग मनोजले एउटा बिडी मागेका थिए । तर ति ब्यक्तिले बिँडी दिएनन्। तर, तथानाम गाली गरे।
त्यही रिसमा मनोजले छेउमै रहेको बाँसको लाठीले टाउकोमा चार÷पाँच पटक प्रहार गरेर भागेको अनुशन्धानबाट खुलेको छ। उनले अपराध स्विकार गरेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ। मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही हुने प्रहरीको भनाई छ।