News

सुन तस्करीको आरोप बारे गृहमन्त्री भन्छन्– यो उत्तर खोज्ने प्रश्नै होईन

सुन तस्करीको आरोप बारे गृहमन्त्री भन्छन्– यो उत्तर खोज्ने प्रश्नै होईन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुमाथि सुन तस्करीको आरोप लागेको विषय भ्रष्टाचार विरुद्ध सरकारले सुरु गरेको अभियानलाई अल्मल्याउने षडयन्त्र भएको बताएका छन्।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो वताएका हुन। ‘सुन तस्करीको आरोप तपाई माथि पनि छ नी ?’ भन्दै सोधेको प्रश्नमा श्रेष्ठले ‘यो सोध्ने स्तरको प्रश्न हो र ?’ भन्दै प्रतिप्रश्न गरे।

आफुमाथि लागेको आरोपका विषयको प्रश्न जवाफ खोज्नु पर्ने स्तरकै नभएको उनको भनाई छ। मन्त्री श्रेष्ठमाथि हालै पक्राउ परेको १ क्विन्टल सुनको मालिक भएको आरोप लागेको छ।

सुन पक्राउ परेको सार्वजनिक भएकै दिन साँझ प्रेस चौधरीका अध्यक्ष गणेश वस्नेतले ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले रोके’ भन्दै फेसवुकमा स्ट्याटस लेखेका थिए। यस विरुद्ध गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकारले साईवर ब्युरोमा उजुरी दिएका छन् ।
 

विशेष