News

तिब्बती नागरिक आनी छोईङले कसरी बनाईन नेपालको वंशज नागरिकता

किर्ते नागरिक्ता प्रयोग गरेर भित्र्याईन करोडौं रुपैयाँ, लुम्बिनीको उपाध्यक्ष बन्न खोजेपछि भयो खुलासा

तिब्बती नागरिक आनी छोईङले कसरी बनाईन नेपालको वंशज नागरिकता

‘फूलको आँखामा फूलै संसार’ गीतका कारण कुनै बेला चर्चाको शिखरमा रहेकी आनी छोइङ डोल्मा लामो समयदेखि गुमनाम थिईन। तर, लुम्विनी विकास कोषको उपाध्यक्षमा दावी गर्न थालेपछि फेरी उनको चर्चा सुरु भएको छ।

यसअघि उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष अबधेश त्रिपाठी, ल्यार्केल लामा र सुमंगलम भिक्षु (रमेश बानीया)को नाम चर्चामा थियो। विहिवारदेखि आनीको नाम पनि सार्वजनिक चर्चामा आएको छ। उनी यसअघि कोषको सदस्य रहिसकेकी छिन्।

किड्नी फाउण्डेशन, ट्राभल्स, कन्सलटेन्सीका साथै आर्य तारा स्कुल लगायतका सामाजिक संघसंस्थाहरुमार्फत समाज सेवामा लागेकी आनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयसँग निकै नजिक थिईन।

ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गर्दा उनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन् । यस क्रममा आनीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट पनि गरिन। यही मेसोमा उनले आफनो बैंक खाता रोक्का भएको विषय ओलीलाई सुनाईन।

तर, त्यस विषयमा नत प्रधानमन्त्री बोले, नत आनीले नै सार्वजनिक रुपमा कुनै अभिब्यक्ति दिईन। यही रहस्यमय बार्तापछि आनी भुमिगत जस्तै भईन। उनी सार्वजनिक रुपमा कतै देखा परेकी छैनन्। खासमा हङकङबाट आएको करोडौं रकमको स्रोत खुलाउन नसकेपछि उनको विषयमा अनुशन्धान भईरहेको छ। सोही कारण बैंक खाता पनि रोक्का भएको थियो।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएकी थिईन। ०७५ वैशाख २६ गते आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) र २७ गते ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपैयाँ, र २८ गते ५ लाख २९ हजार ९ सय ८० (५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ) जम्मा भएको थियो।

त्यसपछि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइको अनुशन्धानमा परिन। पटक पटक गरी करिव २० करोड नेपाली रुपैयाँ भित्र्याएकी उनले पछि फेरी १८ करोड रकम भित्र्याउन खोजेपछि राष्ट्र बैंकले रोकेको थियो । 

तिब्बती नागरिक, नेपालको बंशज नागरिक्ता
आनी सन् १९७१ मा काठमाडौंमा जन्मिएकी थिइन्, उनी तिब्बती नागरिक हुन। सानो उमेरमै आफ्नै बाबुबाट शारीरिक शोषण र हिंसा सहन बाध्य भएकी उनी बौद्ध भिक्षुणी भएर हिडेकी थिईन। तिव्वती शरणार्थीको रुपमा नेपाल आएको आनी स्वयमले आफ्नो आत्मकथा र विभिन्न अन्र्वार्ताहरुमा बताएकी छन् । तर उनले नागरिकता भने बंशजको आधारमा लिएकी छिन।

त्यसैले उनीमाथि नेपाली नागरिक्त किर्ते रहेको आरोप लागेको हो। यतिमात्र होईन, उनको जन्म, उनका माता, पिता र परिवारदेखि आनी बन्नेदेखि फर्पिङमा खोलिएको आर्य तारा स्कुलको आम्दानी र सहयोग समेत शंकास्पद छ। उनले नक्कली बाउ खडा गरेर नागरिक्ता लिएको पाईएपछि उनका हरेक गतिविधि शंकाको घेरामा छन्।

काठमाडौंको चपली भद्रकाली–६ का कान्छाबहादुर लामालाई बाउ बनाएर उनले ०४६ जेठ १९ गतेको मितिमा नागरिकता बनाएकी छन् । ३१४ नम्वरको नागरिकतामा उनको नाम छोइङ डोल्मा मोक्तान लामा छ। यता, कान्छाबहादुरको भने ०३९ सालमै मृत्यु भईसकेको थियो। 

कान्छा बहादुरका एक मात्र सन्तान छोरा प्रमानसिंह लामा (मंगाइ) ले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आफ्नो परिवारको प्रतिष्ठा र इज्जतलाई आनीले बद्नाम गरेको भन्दै कारबाहीका लागि निवेदन पनि दिएका थिए। यता आनीको आफनै आत्मकथामा भने ‘आफू र आफ्नी आमामाथि ज्यादती गर्ने जँड्याहा बाबुको मृत्यु २०६१ सालमा भएको’ बताएकी छन्।

यी सवै प्रकरणले उनी किर्ते नागरिक्ता बोकेर नेपालमा वसिरहेको पुष्टि हुन्छ। आवरणमा समाजसेवा देखाएपनि आनीले दलाई लामाको प्रचार गरिरहेको आरोप छ। तिब्बती शरणार्थीकी छोरी आनीले कसरी बंशजको नेपाली नागरिकता पाईन भन्ने गम्भीर प्रश्न हो ।

उनको सम्बन्ध बीआईए फाउन्डेसन नामको संस्थासँग पनि देखिएको छ। बीआईएले अपांगता भएका ब्यक्तिहरुलाई देखाएर करोडौं रुपैयाँ डोनेसन उठाउने गरेको छ। त्यसका सञ्चालकलाई आनीले करोडौं पर्ने गाडी नै गिफ्ट दिएकी छिन्। गोकर्ण ढुङ्गाना ब्यवस्थापक रहेको बीआइएले आनी लगायत नायक राजेश हमाल समेतलाई दुरुपयोग गर्ने गरेको छ। 

यो पनि,

लुम्बिनी विकास कोष आनी छोइङ डोल्मा बीआईए

विशेष