मुस्लिम आयोग खारेजी तथा हिन्दु, बौद्ध र किराँत आयोग गठन गर्न माग

राष्ट्रिय एकता अभियानले शुक्रबार मुस्लिम आयोग खारेजी तथा हिन्दु, बौद्ध र किराँत आयोग गठनका विषयमा अन्तरक्रिया गरेका छ।
नेपालमा मुस्लिमहरुको वढ्दो प्रभाव, त्यसका कारण उत्पन्न हुने असुरक्षा तथा नेपालको संस्कृति र परम्परामाथि भईरहेको अतिक्रमलाई कम गर्ने र हिन्दु, वौद्ध र किराँत समुदायको अधिकार रक्षाका लागि पहल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको अध्यक्षता तथा सांसद किरण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु ल्यार्क्याल लामा, संविधान सभा सदस्य वीपी यादव, हर्क स्वार, प्रध्यापकद्वय कुंजीलाल यादव, डा श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले मनतव्य ब्यक्त गरेका थिए।
कार्यक्रमको संचालन अभियानका सम्मेलन आयोजक समितिका महासचिव डा प्रभात कुशवाहले गरेका थिए।