News बैंकिङ

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स’ (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो प्रविधिको सुरुवात भएको हो।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक हो। शुक्रबारबाट क्यूआरमा ‘भ्वाइस बक्स’ जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको छ। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने बैंकले जानकारी गराएको छ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ। यस सुविधाबाट हजारौ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।

यो प्रविधिको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ। हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने जनाइएको छ।

विशेष