News

ललिता निवास जग्गा प्रकरणमा बालेन्द्रका अधिकृत पनि तानिए

ललिता निवास जग्गा प्रकरणमा बालेन्द्रका अधिकृत पनि तानिए

ललिता निवास जग्गा प्रकरणमा मेयर बालेन्द्र साह नेतृत्वको काठमाण्डौं महानगरपालिकाका अधिकृत पनि तानिएका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आईतवार महानगरका अधिकृत शिवजी भट्टराईसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्की पनि छन्।

यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्। 

सीआईबीले मंगलबार नै पक्राउ गरेका अन्य तीन जनालाई भने सोही दिन छाडिको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। 

ललिता निवास

विशेष