News अपराध सुरक्षा

७३ वर्षिया वृद्धाको सामुहिक बलात्कार, बलात्कार गरिरहेकै अवस्थामा दुई जना पक्राउ

७३ वर्षिया वृद्धाको सामुहिक बलात्कार, बलात्कार गरिरहेकै अवस्थामा दुई जना पक्राउ

दाङको तुलसीपुरमा एक ७३ वर्षिया वृद्धमाथि सामुहिक वलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपाकमा प्युठानकी ७३ वर्षिया वृद्धमाथि बलात्कार भएको हो।

बसपार्कमा पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। बलात्कार गरिरहेकै अवस्थामा तुलसीपुर उपमहानगरपालिका– १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुले वद्धालाई पालैपालो बलात्कार गरिरहेका थिए। वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ  हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी उनलाई बसपार्क छेऊमा उभिएका बेला ती युवकहरूले फकाएर बसभित्र लगेका थिए।  बसभित्र पु¥याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन्। उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पुग्दा ति युवाहरु वृद्धालाई बलात्कार गरिरहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 
 

विशेष