News

आरजुको टिप्पणीः महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो

आरजुको टिप्पणीः महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम् कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्ट जस्तै भएको भन्दै टिप्पणी गरेकी छिन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उनले कांग्रेस देशको एजेनडा सेट गर्ने पार्टी भएपनि महामन्त्रीको राजनीतिक प्रतिवेदन त्यस अनुसार नआएको दावी गरिन। कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो नभएको उनको भनाई छ।

बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति टिप्पणी गर्दै उनले भनिन्– ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन।’

महामन्त्रीहरूको प्रतिवेदन एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचे पनि प्रतिवेदन एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको वताईन। उनले धेरै कार्यक्रम गरेर थोरै उपलब्धि प्राप्त हुनुभन्दा थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने बताइन् ।

‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४÷५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ’ उनले भनिन्–‘त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ।’
 

विशेष