News

बामदेवको खुलासाः पूर्व डीआईजी ‘पेस्तोल बोकेर बामदेवलाई मार्छु’ भन्दै हिडेका थिए

बामदेवको खुलासाः पूर्व डीआईजी ‘पेस्तोल बोकेर बामदेवलाई मार्छु’ भन्दै हिडेका थिए

पूर्वगृहमन्त्री बामदेव गौतमले ‘पेस्तोल बोकेर बामदेवलाई मार्छु’ भन्दै हिडेका नेपाल प्रहरीका एक जना पूर्व डिआइजीलाई आफुले खुट्टा समाउने वनाएको दावी गरेका छन्। शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै गौतमले यस्तो दावी गरेका हुन।

गौतमले पूर्व डिआईजी रमेश खरेलको नामै लिएर उनी एक समय आफुलाई मार्ने घोषणै गरेर पेस्तोल बोकेर हिडेको आरोप लगाए। पछि उनै खरेल आफनो खुट्टा समाउन आएको उनको दावी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खरेलले चरित्र हत्या गर्ने वाहेक केहि नगरेको गौतमले वताए। ‘त्यसवेला मलाई वाध्य गराईएको थियो, रमेश खरेललाई हटाएर ध्रुुववहादुर प्रधानलाई आईजीपी बनाउनको निम्ती। र, मैले त्यही काम गरें जुन पार्टीले निर्णय गरेको थियो। पार्टीका नेताहरुले मलाई निर्देशन दिएका थिए’ उनले भने–‘त्यस बेला यी रमेश खरेल भन्नेले भन्दै हिडेका थिए, बामदेवलाई मैले जहाँ भेटेपनि यो पेस्तोलले मार्छु।’

‘तीनै रमेश खरेल हुन, पछि आएर मेरो खुट्टा समाएर ‘मैले गल्ति गरें भन्न थाले। मैले उठाएर अंकमाल गरेको थिएँ’ उनले भने–‘त्यसैले बामदेवले आदि इत्यादि गरे भनेर तथ्यहिन, प्रमाणविहिन, कसैको चरित्रहत्या गर्दै हिड्ने काम कसैले पनि गर्न हुँदैन।’ 

‘बामदेवको पालामा सुन तस्करी भएको थियो’ भन्ने गलत कुरा भएको भन्दै उनले त्यतिवेलाका आईजीपीले किन अनुशन्धान नगरेको भन्दै प्रश्न गरे। ‘ध्रुवबहादुर प्रधान हटेपछि अच्युतकृष्ण खरेल आईजीपी भएर आउनुभाथ्यो वहाले किन अनुशन्धान गर्नु भएन ? किन मलाई हतकडी लगाएर जेल पठाउने काम गर्नु भएन ?’ गौतमले भने।

गौतमले भने– मलाई आईजीपी अच्युत खरेल हटाएर ध्रुव प्रधान बनाउन निर्देशन आएको थियो । रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो त्यहीँ मार्छु भनेर रिभल्बर बोकेर हिँडेको हो । मलाई मार्न हस्तलिखित पर्चा बाँडेका थिए उनले । पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए,तर मैले खुट्टा समाउन दिइन ।

गौतमले आफ्नो र परिवारको सम्पत्ति छानबिन गर्न चुनौती दिँदै आफ्नोबारे चरित्र हत्या गर्नेलाई अदालत जान चुनौती दिए ।

बामदेव गौतम

विशेष