किन नेपालमा दौडधुप गरिरहेका छन् चीनियाँ नेता ? उच्चस्तरिय भ्रमण काक्लियो

नेपाल सरकारले चीनको बीआरआई परियोजनामा चासो नदेखाएपछि पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको दौडधुप बाक्लिएको छ।
चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौँमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको छ।
लिउले नेपाल भ्रमणका क्रममा कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने जनाइएको छ। यो भ्रमणले नेपाल–चीन सम्बन्धमा विशेष महत्व राख्ने अपेक्षा पनि गरिएको छ।
उनको भ्रमणको ब्यवस्थापन मिलाउन चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेत्रृ जेङ युया शनिवार नेपाल आईसकेकी छिन्। उनले लिउको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेको जनाईएको छ।
नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि चीनियाँ नेताहरु पनि नेपालमा बाक्लै देखा पर्न थालेका छन्।