News

पार्टी प्यालेशका नाममा मन्दिर अगाडि चर्च बनाई दिएपछि विवादमा हर्क साम्पाङ

हिन्दु विरोधी भन्नेलाई साम्पाङले भिराई दिए अतिबादी झोलेको ट्याग

पार्टी प्यालेशका नाममा मन्दिर अगाडि चर्च बनाई दिएपछि विवादमा हर्क साम्पाङ

श्रम संस्कृतिको विकास तथा काकाकुल वनिरहेको धरानलाई पानी खुवाउने अभियानमा दिनरात खटिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो समय विवादमा परेका छन्।

विजयपुर डाँडामा रहेका हिन्दुहरुको शक्तिपिठ बालगोपाल मन्दिर क्षेत्रनजिक एकाएक चर्च निर्माण गरिदिएपछि उनी विवादमा परेका हुन। १९९२ जेठ २० गते निर्माण भएको बालगोपाल मन्दिर जाने बाटोस्थित सिंहदेवी चौकमा नेवार जातिको कुलदेवता सिंहदेवी मन्दिरसमेत रहेको छ। 

यसरी हिन्दु र वौद्ध दुवै धर्म समुदायका मानिसलाई एकै पटक चिढ्याउने काम गरेपछि साम्पाङको आलोचना भईरहेको छ। उनलाई क्रुसमा झुड्याएर किला ठोकेको फोटो वनाएर सामाजिक सञ्जालमा राखिएको छ। 

साम्पाङले भने आफुलाई गाली गर्ने र आलोचकहरुलाई अतिवादीको संज्ञा दिएका छन। मेयर साम्पाङ हिन्दुविरोधी रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘मेरो प्रतिवाद हिन्दुहरुसँग होइन। अतिवादी झोलेहरुसँग हो, जो धर्मलाई हतियार बनाएर समाज भाँड्न चाहन्छन्।’

धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार हाल निर्माण गरिएको चर्चको सुरुमा पार्टी प्यालेस भन्दै सुरु गरिएको थियो। भवन वनिसकेपछि त्यसलाई चर्च वनाईएको उनको भनाई छ।

पार्टी प्यालेसको नाममा निर्माण गरिएको भवनलाई एकाएक चर्चको आकार दिएपछि विवाद बढेको हो। जानकारी अनुसार नगरले समेत यसलाई स्वीकृत गरेको छैन। नक्सा पास र सर्जमिनसमेत नभएको जनप्रतिनिधिहरु नै बताउँछन्।

हर्क साम्पाङ

विशेष