रवि लामिछाने भन्छन्– सुन तस्करीमा सेटिङ छ, कुन तहको हो अनुशन्धान गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा पहुँचवालाकै सेटिङ रहेको वताएका छन्। सेटिङ बिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी सम्भव नै नहुने उनले वताए।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले ‘बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला’ भने।
सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने उनको भनाई छ। एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा उनले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।