माछा मार्न थापेको जालमा परेर मछ्वाराकै ज्यान गयो

पाल्पामा माछा मार्न थापेको जालमा परेर मछ्वाराकै मृत्यु भएको छ। रम्भा गाउँपालिका वडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको मृत्यु भएको हो।
उनी कालीगण्डकी नदीमा माछा मार्न गएका थिए। माछा मार्न थापेको जालमा फसेर डुबेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको दुरीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घट्नाको अनुशन्धान भईरहेको प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए।