News

छुद्र बोलेर चर्चामा आएका हर्क साम्पाङ यसरी घेरिदैछन् विवादमा, फेसबुकमा धम्की

छुद्र बोलेर चर्चामा आएका हर्क साम्पाङ यसरी घेरिदैछन् विवादमा, फेसबुकमा धम्की

सामाजिक सञ्जालमा छुद्र बोलेर चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय निकै आलोचित छन। मन्दिर अगाडि चर्च बनाएको विवाद नसेलाउँदै निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएको भन्दै उनी थप विवादमा परेका हुन्।

स्थानीय रोशन अधिकारीले भोगचलन गर्दै आएको धरान– ४ छोटी मोरङको जग्गामा मेयर साम्पाङले जबरजस्ती वृक्षारोपण गराएका हुन् । उक्त जग्गा धरान नगरपालिकाका पूर्व वडाअध्यक्ष समेत रहेका रोशनकी  श्रीमती रोजिना अधिकारीको नाममा छ । अधिकारीले उक्त जग्गामा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका थिए ।

अधिकारीले वर्षौदेखि भोगचलन गर्दै आएको सो जग्गालाई सर्दु जलाधार क्षेत्रको भन्दै साम्पाङले जबरजस्ती वृक्षारोपण गराएपछि उनी आलोचित छन् । उनले जग्गाधनीलाई नगर प्रहरी लगाएर लछारपछार पार्दै वृक्षारोपण गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

नगर प्रहरी लगाएर निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएका साम्पाङले विरुवा उखेले जग्गामा डोजर चल्ने चेतनावनी समेत दिएका हुन् । उनले भनेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ । अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है !’

यसलगत्तै साम्पाङले चेतावनी दिँदै अर्को स्टाटस पनि लेखेका छन्, ‘चुपो लागेर बस अन्यथा अझ निर्मम कदम चाल्नेछु । देश र जनता ! सत्य, न्याय र समानता भन्दा अरू मैले केही सोचेको छैन ! जय देश।’

त्यसपछि उनी लगातार फेसबुकमा अधिकारी विरुद्ध कुर्लिरहेका छन्।

यो पनि,

विशेष