News अपराध सुरक्षा

महोत्तरीमा डीएसपी माथि अज्ञात समुहद्वारा आक्रमण, घट्ना लुकाउँदै प्रहरी 

महोत्तरीमा डीएसपी माथि अज्ञात समुहद्वारा आक्रमण, घट्ना लुकाउँदै प्रहरी 

धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा आक्रमण भएको छ । आक्रमणमा उनको आउटा खुट्टा भाँचिएको छ।

विहिवार राती करिव १० वजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको हो। प्रहरीले यो घट्ना लुकाउने प्रयास गरिरहेको छ। त्यसैले कस्ले र किन उनीमाथि आक्रमण गर्यो भन्ने खुलेको छैन।

डीएसपी यादव किन र कसरी त्यहाँ पुगे भन्ने पनि खुलेको छैन। ११ बजे राति घाइते अवस्थामा ‘बचाउ–बचाउ’ भन्दै गुहार मागिरहेको अवस्थामा उनलाई प्रहरीले उद्वार गरेको जनाईएको छ। दायाँ खुट्टा भाँचिएका उनको अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

घटनाको छानबिन गर्न भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।

विशेष