News खेल

एमबाप्पेमाथि पीएसजीले उत्पीडन गरेको आरोप, अदालत जाने युनियनको चेतावनी

एमबाप्पेमाथि पीएसजीले उत्पीडन गरेको आरोप, अदालत जाने युनियनको चेतावनी

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) ले फरवार्ड केलियन एमबाप्पेलाई ‘नैतिक उत्पीडन’ गरेको आरोप लागेको छ। एसियाको प्रि–सिजन भ्रमणबाट बाहिर राखेर एमबाप्पेमाथि उत्पीडन गरेको भन्दै फ्रेञ्च फुटबलर युनियनले कानुनी लडाइँ लड्ने चेतावनी समेत दिएको छ।

पिएसजीका लागि सर्वाधिक गोलकर्ता एमबाप्पे र  पीएसजीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनले सम्झौता थप गर्न चाहेका छैनन्। सम्झौता थप गर्न नचाहेपछि क्लबले यो सिजन नै एमबाप्पेलाई अर्को क्लबमा पठाएर शूल्क उठाउन चाहेको छ।

तर २४ वर्षीय एमबाप्पेले भने यो सिजन क्लबमा खेलेपछि अर्को सिजन फ्रि ट्रान्सफरमा अर्को क्लबमा जाने योजनामा छन्। सन् २०१७ मा एमबाप्पे अर्को फ्रेञ्च क्लब मोनाकोबाट १६५.७ मिलियन पाउन्डमा पिएसजी आएका थिए। 

अहिले क्लबसँग उनकोसम्बन्ध चिसिएको छ। जसका कारण एमबाप्पेलाई जापान र दक्षिण कोरिया जाने पिएसजीको टिम बाहिर राखिएको छ। यो उत्पीडन फ्रेञ्च कानुनविरुद्ध भएको बताउँदै युनियनले क्लबविरुद्ध अदालत जाने चेतावनी दिएको छ।

एमबाप्पे पिएसजीका प्रमुख खेलाडी हुन्। उनले २६० खेल खेल्दै २१२ गोल गरिसकेका छन्। फ्रान्सलाई २०१८ को विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। उनी हाल फ्रेञ्च राष्ट्रिय टिमका कप्तान समेत हुन्।

२०२२ को अन्त्यमा उनी स्पेनिस क्लब रियल म्याड्रिड जाने अपेक्षा गरिएको थियो। तर पिएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि सबै चकित परेका थिए। 

विशेष