५२ जना यात्रु बोकेको बस पोखरीमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु
बंगलादेशमा ५२ जना यात्रु बोकेको बस पोखरीमा खसेर दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ३५ जना घाइते भएका छन्। झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा शनिबार भएको वस दुर्घटनामा मृत्यु हुने मध्ये तीन बालबालिका र आठ महिला छन्।
चालकको लापरवाहीले बस दुर्घटना भएको जनाईएको छ। प्रहरीका अनुसार बसले क्षमताभन्दा बढी यात्रु बोकेकोका थियो।
शनिबार बिहान ९ बजे पिरोजपुरको भण्डारियाबाट उक्त बस बरिशालका लागि प्रस्थान गरेको थियो।
बिहान १० बजेतिर बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डमा बस सडक छेउको पोखरीमा खसेको बारिशाल डिभिजनका आयुक्त एमडी शौकत अलीले जानकारी दिए।