News

सडकमै ट्राफिक कुटेर हिरो बन्न खोज्दा...

सडकमै ट्राफिक कुटेर हिरो बन्न खोज्दा...

ड्युटीमा रहेका ट्राफिक प्रहरी कुटेर हिरो बन्न खोज्दा एक युवक प्रहरी खोरमा पुगेका हुन। आफनो काम गरिरहेका प्रहरीसँग निहुँ खोजेर कुटपिट गरेको आरोपमा ललितपुर प्रहरीले ती युवकलाई पक्राउ गरेको छ।

ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो। चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल साहसँग निहुँ खोजेर राईले सडकमै कुटपिट गरेका थिए।

सिसीटिभी फुटेजमा हेर्दा पनि ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र कुटपिट गरेको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले वताए। 

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र राई विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भईरहेको एसपी कार्कीले जानकारी दिए। 
 

विशेष