किन फेरियो ट्विटरको लोगो ?

एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघि भएको चरा हटाएर अंग्रेजी अक्षर एक्सको लोगो राखिएको छ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए ।
उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए । त्यसको आलोचना भएको थियो।