News

आरजुलाई गगन थापाको जवाफ– एनजीओमा काम गरेको अनुभव मसँग छैन

आरजुलाई गगन थापाको जवाफ– एनजीओमा काम गरेको अनुभव मसँग छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणालाई दनक दिएका छन्। आफनो १० बुँदे प्रस्तावलाई ‘एनजीओको रिपोर्ट जस्तै’ भनेर टिप्पणी गरेपछि थापाले त्यसको जवाफ दिएका हुन।

निरन्तर जारी केन्द्रीय समितिको वैठकमा उठेका सवाल तथा टिप्पणीहरुको जवाफ दिने क्रममा सोमबार माईक समाएका थापाले ‘आफु एनजीओको कारिन्दा नभएकाले एनजीओको रिपोर्टको अनुभव नभएको’ वताए।

पार्टीका सबै संयन्त्र र आबद्ध रहेकाहरूलाई सक्रिय गराउन कार्यक्रमको खाका बनाएको भन्दै भने उनले जवाफ दिए–‘केहीले एनजिओको कार्यक्रम जस्तो भन्नुभयो। तर एनजिओमा काम नगरेकोले त्यो अनुभव मसँग छैन।’

वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई उनले आफनो बाबु समान भएको वताए। बैठकमा उनले पार्टीको नेतृत्व परिवर्तन कुनै व्यक्तिगत प्रतिस्पर्धा नभएको र यो परिवर्तनको माग भएको बताउँदै पार्टी नेतृत्व बदल्ने विषयलाई व्यक्तिसँग जोड्न नहुने बताए।
 

विशेष