News विदेश

ट्वीटरमा नयाँ नियम, भेरिफाईड नभएकाले ८ सय मात्रै ट्वीट पढ्न पाउने

ट्वीटरमा नयाँ नियम, भेरिफाईड नभएकाले ८ सय मात्रै ट्वीट पढ्न पाउने

ट्वीटर प्रयोगकर्ताका लागि नयाँ नियम लागू भएको छ। ट्विटरका मालिक एलन मस्कले ट्वीटरलाई तीन वर्गमा विभाजन गरिएको र सोही आधारमा ट्वीट पढ्न पाउने सिमितता निर्धारण गरिएको जनाएका छन्।

उनले अब ट्विटर भेरिफाइड भएका, नभएका र नयाँ अकाउन्ट खोलेका व्यक्तिका लागि फरक फरक नियम लगाइने बताएका छन् ।

उनका अनुसार अब भेरिफाइड नभएका अकाउन्टले दैनिक ८  सय र नयाँ प्रयोगकर्ताले जम्मा ३ सय मात्रै ट्विट पढ्न पाउने छन्। भेरिफाइड अकाउन्ट भएका प्रयोगकर्ताका लागि भने दैनिक ८ हजारसम्म ट्विट पढ्न दिइने उल्लेख गरेका छन् ।
 

विशेष