News

मध्येराती ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगो लगाई दिएपछि...

मध्येराती ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगो लगाई दिएपछि...

जुम्लाको विभिन्न ५ वटा पालिकामा शुक्रबार राती अज्ञात समुहले ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगजनी गरेको छ।

गुठिचौर–४ धवलपुरमा २, बाउली गाउँमा १, दलितबाडामा १, माथिल्लो बिगारेमा १ र चन्दननाथ नगरपालिका–१ डुणाखोचामा १ गरी ७ घरमा आगजनी भएको हो । राति १ बजेदेखि ३ बजेसम्मको बीचमा सात वटै घरमा आगजनी भएको छ।

गुठिचौर–५ धितामा रोकेर राखेको ट्याक्टरमा पनि आगजनी भएको प्रहरीले जनाएको छ। गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँमा आपराधिक घटना बढेको वताए। एकै दिन ७ घरमा वाहिरबाट चुक्कुल लगाएर आगजनी गरिएपछि स्थानीयहरु त्रासमा छन्।

एक साताअघि पनि सोही ठाउँमा एक अटोरिक्सामा आगजनी भएको थियो । आगजनीमा स्थानीयकै संलग्नता रहेको प्रहरीको अनुमान छ । शंकास्पद व्यक्तिको घरमा निगरानी बढाएर अनुसन्धान भइरहेको जनाईएको छ।

अनुसन्धानकै क्रममा शनिबार प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई आइतबार छोडिएको छ। 

विशेष