News विदेश

चन्द्रयान–३ अवतरणका लागि भारतले किन रोज्यो चन्द्रमाको दक्षिणी ध्रुव

चन्द्रयान–३ अवतरणका लागि भारतले किन रोज्यो चन्द्रमाको दक्षिणी ध्रुव

भारतले जुलाई १४ मा प्रक्षेपण गरेको चन्द्रयान–३ सोमबार चन्द्रमाको कक्षतर्फ सर्ने जनाईएको छ। केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सोमबार यो चन्द्रमाको कक्षमा जाने र त्यसपछि सबैभन्दा भित्री सतहमा पुग्ने बताए ।

चन्द्रमाको कक्षमा प्रवेश गरेपछि चन्द्रमाको दक्षिणी ध्रुवमा कुन ठाउँमा अवतरण गर्ने भनेर जाँच गर्ने वताईएको छ। चन्द्रयान अगस्टको पहिलो साता चन्द्रमाको कक्षमा पुग्ने र अगस्ट २३ मा यसको दक्षिणी ध्रुवमा अवतरण गर्ने मन्त्री सिंहले वताए।

अगस्त १७ मा प्रोपल्सन प्रणाली ल्यान्डर रोभरबाट अलग हुनेछ। यसपछि, ल्यान्डर र रोभरलाई चन्द्रमाको कक्षमा राखिनेछ । जसका लागि यसको डिबोस्टिङ स्पीड घटाइनेछ र अगस्ट २३ मा ल्यान्डरले रोभरलाई चन्द्रमामा अवतरण गराउनेछ ।

सकुशल पुगेमा चन्द्रमाको दक्षिणी ध्रुवमा रकेट पठाउने भारत पहिलो देश बन्नेछ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन। अहिलेसम्म पठाइएका सबै रकेट चन्द्रमाको मध्यवर्ती भागमा मात्रै ल्यान्ड भएका थिए।

इसरोका सुरुआती दुई अभियान पश्चात् यो तेस्रो हो। पहिलो सफल र दोस्रो असफल भएको थियो। अहिलेको यो रकेटलाई सन् २०१९ को चन्द्रयान–२ को फलोअप मिसनका रूपमा पनि हेरिएको छ।

यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास हुनेछ। जुन सफलता अहिलेसम्म केवल रुस, अमेरिका र चीनले मात्र हासिल गर्न सकेका छन्। चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूला–ठूला खाडल र भीर छन्। केही खाडलमा अर्बौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म रहेको अनुमान छ।

भारतले पहिलो पटक सन् २००८ मा पठाएको चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरेको थियो। 

चन्द्रयान–३

विशेष