News

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडीमा आइतबार रातिको वर्षासँगै पहिरो खस्दा घरमा पुरिएर आमाछोराको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजनको मृत्यु भएको हो।

अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । अञ्जुका सासु ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका छन्।

घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । 
 

विशेष