ललिता निवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ

ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा दुई जना नक्कली मोही पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा राखिएको छ।
११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपेको प्रकरणमा उनीहरु नक्कली मोही बनेका थिए।
आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमार पक्राउ परेका थियो। यो सँगै यसमा संलगन १९ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।