News

संविधानविद् आचार्यले भने–अरुले सकेनन् भनेर एम्पाएरले गोल हान्न मिल्दैन

संविधानविद् आचार्यले भने–अरुले सकेनन् भनेर एम्पाएरले गोल हान्न मिल्दैन

संविधानविद् भीमार्जुन आचार्यले सभामुखले संसदमा पार्टीको कार्यकर्ता जसरी मतदान गर्दै हिड्न नहुने जिकिर गरेका छन्। कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादमा बहस गर्ने क्रममा उनले यस्तो बताएका हुन।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट बहस गर्दै आचार्यले सभामुख पद राजनीतिक रुपमा तटस्थ भएको तर्क गरे । उनले अरुले सकेनन् भनेर एम्पाएरले गोल हान्न नमिल्ने वताए।

सर्वोच्चको पूर्णइजलासमा मंगलबारदेखि सुरू भएको बहसमा आचार्यले भने, ‘सभामुखले सरकार गठनका लागि मत दिएको, समर्थन गरेको रेकर्ड छैन । मत बराबर भएको अवस्थामा निर्णायक मत दिनेसम्म कल्पना कानूनले गरेको छ । तर, यहाँ सभामुखले सरकार गठनमा समर्थन गरेर गैरकानूनी काम गरे ।’

‘अरुले गोल गर्न सकेनन्, म गोल गर्छु भन्न पाइँदैन’ उनले भने ‘सभामुख भइसकेपछि दलको आबद्धता छाडेको घोषणा गर्नुपर्छ । उनी सदनको सदस्यका रूपमा रहन्छन् ।’ आचार्यले सरकार गठनका सन्दर्भमा संविधानमा भएको व्यवस्था संसदको एउटै कार्यकालमा २ पटक प्रयोग गर्न पनि नमिल्ने भन्दै कोशी प्रदेश सरकार गठन असंवैधानिक रहेको पनि तर्क गरे ।

विशेष