News अपराध सुरक्षा

यसरी खुल्दैछ रास्वपा नेताको अराजक्ताः पत्रकार कुटेपछि जिल्ला संयोजक निलम्वित

यसरी खुल्दैछ रास्वपा नेताको अराजक्ताः पत्रकार कुटेपछि जिल्ला संयोजक निलम्वित

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको आतंक र अराजकता एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रममा छ। यसैक्रममा पत्रकार अपहरण गरी वन्दि वनाएर कुटपिट गरेको आरोप लागेका बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्। 

बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेको थियो। आरोपपछि उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

पार्टीको अनुशासन समितिले उनको वारेमा अनुसन्धान गरिरहेको र अनुसन्धान पछि आवश्यक कारबाही गरिने ढकालको भनाई छ।

होटल होलि डे इनका सञ्चालक रहेका खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै अपहरण गरिएको आरोप लागेको थियो। मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको छ।

यसअघि रुपन्दीमा शाखामामा पार्टीको दुई गुटबीच विवाद हुँदा मध्ये राती पार्टी कार्यालयमै कुटाकुट भएको थियो। यो घट्ना प्रहरी कार्यालयमा पुगेर मिलापत्र गरी टुङ्ग्याईएको छ। 

पार्टीले सांसद वनाएका ढाकाप्रसाद श्रेष्ठ २ करोड घुस मागेको आरोप लागेपछि वर्खास्त भएका थिए। उसो त महामन्त्री ढकालमाथि पनि समानुपातिक कोटामा गुरुआमा र कर्मचारीलाई सांसद बनाएको आरोप छ।

लामिछाने स्वयम पनि नागरिक्ता, राहदानी, विवाहलगायतका विषयमा विवादित ब्यक्ति हुन।

यो पनि,

रास्वपा

विशेष