News

दुई सांसद फिर्ता वोलाउने सीके राउतको निर्णय किन भएन कार्यान्वयन ?

दुई सांसद फिर्ता वोलाउने सीके राउतको निर्णय किन भएन कार्यान्वयन ?

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा रहेका दुई जना सांसद फिर्ता वोलाउने निर्णय गरेको एक महिना वितिसक्दा समेत निर्णय कार्यान्वयन भएको छैन। 

पार्टीले प्रतिनिधिसभाका समानुपातिक सांसद मोरङकी सोनु मुर्मुर र सिरहाकी विनिता सिंहलाई सांसदबाट पदबाट फिर्ता वोलाउने निर्णय गरेको थियो। जेठ १२ गते बसेको केन्द्रीय समितिको बैठकबाट भएको यो निर्णय अझै कार्यान्वयन भएको छैन।

‘राइट टु कल’ नीति अन्तरर्गत ती दुवै सांसदलाई फिर्ता बोलाउने निर्णय गरिएको अध्यक्ष राउतले बताएका थिए । उनीहरुले पार्टीको नीति र निर्णय नमानी अनुशासन उल्लंघन गरेको आरोप लगाईएको थियो।

सांसद अनिता साहले प्रतिनिधि सभाबाट फिर्ता बोलाउने निर्णय नभइ अनुशासन उल्लंघनबारे छानविनका लागि पार्टीको अनुशासन समितिमा पठाएको दावी गरिन् । ‘कारवाही गर्ने अधिकार अनुशासन समितिलाई मात्र छ, पार्टीले निर्णय गरेर सो समितिमा पठाएको छ’ उनले भनिन्–‘समितिले त्यस विषयमा अध्ययन गरिरहेको छ।’

एक जना केन्द्रीय सदस्यले भने कारवाही गर्ने कि नगर्ने भन्ने निर्णयको अधिकार पार्टी अध्यक्ष राउतलाई रहेको भन्दै तत्काल कारवाही नगरी एक पटकलाई दुवै जनालाई सुध्रिने मौका दिएको बताए ।

मुर्मुर दलित कलस्टरबाट सांसद बनेकी थिइन् भने सिंह जनजाति कोटाबाट सांसद बनेकी थिइन् । पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको निर्णयमा उल्लेख छ ।
 

जनमत पार्टी सिके राउत

विशेष