बलात्कारी शिव, जस्ले १० वर्षीया बालिका पनि छोडेनन् !

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा रुपन्देहीको सुद्धोधन गाउँपालिका मानपकडीमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्। सुद्धोधन गाउँपालिका–५ का शिव भारतीलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएकी थिईन। त्यो बारेमा उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। बालिकाले घटनाबारे आफ्नी आमालाई सविस्तार वताएपछि प्रहरीलाई खबर गरेकी थिइन्।
त्यसपछि राती ९ वजे नै भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी भरत विकले जानकारी दिए। ‘बालिकाकी आमाले छोरीमाथी बलात्कार भएको जानकारी गराएपछि भारतीलाई निवासबाटै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं’ एसएसपी बिकले भने।
पक्राउ परेका आरोपी भारतीलाई छोड्नका लागि दवाव समेत सुरु भएको जनाईएको छ। दबाव र त्रासका कारण पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तको घरमा वस्न थालेका छन्।
एसपी बिकले भने कसैले दवाव दिएर आरोपितलाई छोड्न नमिल्ने बताए।