News

आरजु राणाको गुनासोः म माथि ‘मिडिया ट्रायल’ भयो

आरजु राणाको गुनासोः म माथि ‘मिडिया ट्रायल’ भयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम प्रतिनिधिसभा सदस्य डा. आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ भएको गुनासो गरेकी छिन्।

नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन। मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको उनको टिप्पणी छ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया आक्रमण भयो। ‘यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो’ उनले भनिन्।

उनले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुवै गर्न सुझाव दिए ।

विशेष