News

कांग्रेस सांसद शर्माद्वारा सुन तस्करीको छानविन माग गर्दै संसदमै आमरण अनसन बस्ने घोषणा

कांग्रेस सांसद शर्माद्वारा सुन तस्करीको छानविन माग गर्दै संसदमै आमरण अनसन बस्ने घोषणा

मेडिकल माफियाका नामले परिचित कांग्रेस सांसद सुनिल शर्माले सुन माफिया विरुद्ध संसद्मै आमरण अनसन बस्ने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले सय किलो सुन तस्करी प्रकरणमा संलग्न अभियुक्तहरु पक्राउ नपरे संसदमै अनशन बस्ने चेतावनी दिए। उनले सुरु देखि नै सुन तस्करीमा संलग्नलाई छुटकारा दिन नहुने वताउँदै आएका छन्।

सांसद शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गृहमन्त्रीको राजीनामा मागेका थिए। ‘मुख्य नाइकेहरु भाग्छन् र दुईजना मन्त्रीहरु अर्थमन्त्री र गृहमन्त्री फेरि त्यही बिचरा भुजेललाई समातेर मुख्य नाइके नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनबाट घोषणा गर्न चाहन्छु– प्रधानमन्त्रीको आगमनपछि उहाँहरुले दिएको समयभित्र यदि भरियामात्रै समातियो भने यो सदनभित्र आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु,’– शर्माले भने।

उनले डा. रामशरण महतको विदेशमा खाता भएको आरोप लाग्दा राजीनामा दिएको स्मरण गर्दै सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए।

उनले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको पनि बताए।  ‘मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ। दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न,’ उनले भने। 

सुनिल शर्मा

विशेष