News

राष्ट्रिय अनुसन्धानका अधिकृत मृत भेटिए, पुल मुनी भेटियो शव

राष्ट्रिय अनुसन्धानका अधिकृत मृत भेटिए, पुल मुनी भेटियो शव

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा उनको शव फेला परेको हो।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार बस्ने २९ वर्षीय बसन्त साहको शव फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरियाटोल नजिकैको कल्भर्ट मुनि फेला परेको हो।

उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल पनि सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा उनको ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
 

विशेष