News

आजको संसद वैठकमा एमालेले गृह र अर्थमन्त्रीको राजिनामा माग्ने

आजको संसद वैठकमा एमालेले गृह र अर्थमन्त्रीको राजिनामा माग्ने

१ क्विन्टल सुन तस्करी प्रकरणले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले आफनो जिम्मेवारी कुशलता पूर्वक जिम्मेवारी पुरा नगरेको देखिएको भन्दै एमालेले उनीहरुको राजीनामा माग्ने भएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्ने र यसलाई संसदमा जोडदार रुपमा उठाउँने वताए । 

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा छ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको उनले वताए। साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्वीन्टल सुन बरादम गरेको थियो ।

यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् । यस विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ । 
 

विशेष