News

आरजु र देउवाको आडमा सुनिल शर्माको ठगी धन्दा, प्रिबुकिङका नाममा करोडौं असुली

सांसद नै छोड्न सक्दैनन् हुण्डी, देशको छवि धमिल्याउन उनीहरु नै अगाडि

आरजु र देउवाको आडमा सुनिल शर्माको ठगी धन्दा, प्रिबुकिङका नाममा करोडौं असुली

काठमाण्डौं विश्व विद्यालय अन्तर्गतका मेडिकल कलेजले प्रिबुकिङका नाममा ठगी धन्दा चलाईरहेको खुलासा भएको छ। ३० जना विद्यार्थी पढाउने अनुमति पाएको काठमाण्डौं मेडिकल कलेजले १४५ जनासँग सम्म पैसा उठाएर ठगी गर्ने गरेको पाईएको छ।

चिकित्सा शिक्षा आयोगले नेपाली लगानीका मेडिीकल कलेजमा ३० प्रतिशत, विदेशी लगानीका कलेजमा ५० प्रतिशत तथा संस्थान र सरकारी कलेजमा ५ प्रतिशत विदेशी कोटा छुट्याएको छ। त्यो कोटामा भर्ना हुनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तीर्ण हुनु पर्ने वा आफ्नो देशको राष्ट्रिय स्तरको परिक्षा जेनेरल क्याटेगोरीमा पास भएको हुनु पर्छ।

त्यसपछि काउन्सिलिङ पश्चात आयोगले नाम पठाए अनुसार मात्र विश्व विद्यालय मार्फत कलेजले विद्यार्थी भर्ना गर्न पाउने ब्यवस्था छ। तर, कांग्रेस सांसद सुनिल शर्मा सञ्चालक रहेको काठमाण्डौं मेडीकल कलेजले आयोगका यी सवै ब्यवस्थाको धज्जी उडाएको स्रोतको दावी छ। यो कलेजले गत वर्षदेखि प्रिबुकिङका नाममा कालो धन्दा चलाईरहेको वताईएको छ।

गत वर्ष ३० वटा कोटाका लागि १४५ जनासँग पैसा संकलन गरिएको थियो। विद्यार्थीहरुले प्रिबुकिङका नाममा प्रतिब्यक्ति भारु १० लाख जम्मा गराएका थिए। पछि कोटामा नपर्ने केही विद्यार्थीको पैसा हुण्डीमार्फत भारत पठाईयो। तर, कतिपय विद्यार्थीले अहिलेसम्म पनि पैसा नपाएको गुनासो गरेका छन्।

अर्कोतर्फ विद्यार्थी भर्ना हुँदा कम्तिमा ३३ प्रतिशत रकम जम्मा गर्नु पर्ने ब्यवस्था विपरित कर्मचारीहरुले विद्यार्थीसँग घुस खाएर तोकिएभन्दा कम रकम जम्मा गराउने गरेको पनि खुलेको छ। यसो गर्दा केही रकम घुस खुवाएर मोटो रकम जम्मा गर्नु पर्ने बाध्यताबाट विद्यार्थीहरु मुक्त हुने गरेका छन्। तर, देशलाई भने यसले ठुलो नोक्सान भईरहेको जानकारहरु वताउँछन्।

यतिमात्रै होईन, यो कलेजले सीट आफै खाली राखेर योग्य विद्यार्थीलाई पढ्नबाट वन्चित गरी धेरै पैसा वुझाउने विद्यार्थीलाई भर्ना दिलाउने गरेको पनि वताईन्छ।

कलेजमा होस्टलका कर्मचारीले समेत खेला गर्ने गरेका छन्। हालै हैदराबाद र बिहारको पूर्णियाबाट आएका विद्यार्थीसँग ५÷५ लाख नगद लिएर होस्टलका कर्मचारीले उनीहरुको लागि सिट कन्फर्म गरिदिएको पाईएको छ। 

सांसद भएको ब्यक्तिले चलाएको कलेजले यसरी विद्यार्थीलाई ठगी गर्ने, हुण्डीमार्फत कारोबार गर्ने लगागयतका कामले एकातर्फ राज्यले पाउने राजश्व चुहावट गरेको र अर्कोतर्फ गलत काम गरेर देशकै छवि धमिल्याउने काम गरेको आरोप छ।

उनको यो धन्दामा केही मेडिकल माफिया, चिकित्सा शिक्षा आयोग तथा काठमाडौं विश्वविद्यालयका केही कर्मचारी समेतले सहयोग गरिरहेका छन्। तर, यो सवै विषयमा जानकार भएर पनि सत्यतथ्य छानविन गर्ने र कारवाही गर्ने सवालमा जिम्मेवार निकायले वेवास्ता गरेको छ।

सत्ता गठवन्धनको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी श्रीमती आरजु राणा र पूर्वमन्त्री सुजातासँग सिधा पहुँच भएका कारण काठमाण्डौं मेडिकल कलेज र विराटनगर स्थित नोवेल मेडिकल कलेजमा जे सुकै भएपनि खोजविन नहुने गरेको स्रोत वताउँछ।
 

विशेष