News

नेपाल आजमा प्रकाशित समाचारप्रति गुर्भाकोटकी उपमेयरको आपत्ति

पति विरुद्ध ठगीको उजुरी, समाचारले चरित्र हत्या भएको भन्दै खण्डन

नेपाल आजमा प्रकाशित समाचारप्रति गुर्भाकोटकी उपमेयरको आपत्ति

सुर्खेत को गुर्भाकोट नगरपालिकाकी उपमेयर मैना विकले नेपाल आजमा साउन ९ गते प्रकाशित ‘माल्टा र सिंगापुरको सपना देखाएर उपमेयरका पतिले ५० लाख ठगे, पोल खुलेपछि फरार’ शीर्षकको समाचारको खण्डन गरेकी छिन्।

समाचारले आफनो सार्वजनिक पद र ब्यक्तिगत चरित्र हत्या, मान प्रतिष्ठामा आँच आएको भन्दै उनले खण्डन गरेकी हुन। उनका पति कमानसिंह कामी विरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ९ जनाले ठगी आरोपमा उजुरी दिएका छन्।

उनले जेठान दाङ्ग घोराहीका यामबहादुर विकसँग मिलेर माल्टा र सिंगापुर पठाउने भन्दै रकम ठगी गरेको आरोप छ। तर, उपमेयर मैनाले भने आफना पति कमानसिंह कामी आँफै वैदेशिक रोजगार जाने प्रक्रिया सूरु गरि आँफै भारतको दिल्ली गएको । दिल्लीबाट फर्केपछि कमानसिंहका साथीहरुले थाहा पाई आँफूहरु पनि माल्टा र सिंगापुर राम्रो काम पाए जाने भने २४ जनाले आपसी सहमतीमा दिल्ली गएको, पठाउने मान्छे भेटेको, राजी खुशी भई १० जनाले मेडिकल रिपोट गरि पासपोर्ट पैसा बुझाएको, बाँकी १४ जना नेपाल फर्किएको वताएकी छिन्।

१० जनाको सिँगापुरको ओरजिनल वर्कपरमिट, जहाज टिकट आएको देखेपछि बाँकी फर्किएका १४ जना फेरि दिल्ली गई प्रक्रिया सूरु गरि कमानसिंहको खातामा २२ लाखको दरले पैसा हालि उसकै मोबाईल बैकवाट विदेश पठाउछु भन्ने मुख्य व्यक्ति दाङ्ग घोराहीका यामबहादुर विकको छोराको सुनिल विकको खातामा काठमाण्डौ पठाएको पनि वताएकी छिन्।

कमानसिंहले आफ्नो व्यक्तिगत खातामा पैसा नहाल्न आग्रह गरेपनि दिल्ली गई आएको, सबैभन्दा पहिला विदेश जाने प्रक्रिया गरेको, छिमेकीको नाताले २४ जनाकै सहमतीमा खातामा जम्मा गरेर काठमाण्डौ पठाएको देखिन्छ । त्यसपछि उनीहरु सबैले आफ्नै निर्णय, सहमतीमा सबै प्रक्रिया पूरा गरि काम गर्दैगर्दा २०८० असार १७ गते म संयोजक रहेको न्यायिक समितिमा वैदेशिक रोजगारीका लागि युरोपियन देश माल्टा पठाइदिन्छु भनी रकम लिई ठगी गरेको विषयमा उजूरी दर्ता भएको उनको भनाई छ।

उक्त समयमा म अन्तरजिल्ला भ्रमणमा ईलाम गएको बेला हुलदङ्गा गर्दै न्यायिक समिति उजूरी प्रशासक लोकेन्द्र वली, न्यायिक समिति सदस्य चितेन्द्र विकलाई दवाव दिई जर्वजस्त दर्ता गरेको बुझिएको उक्त वैदेशिक रोजगारी र ठगी विषय जोडिएको मुद्धा न्यायिक समिति क्षेत्राधिकारमा नपर्ने, दर्ता गर्न नमिल्ने तर हामी दरपिठ गछौं भन्दा भन्दै दर्ता गर्न लगाएको उनको दावी छ।

‘म असार २१ गते कार्यकक्ष पुग्दा संयोजको हैसियतले उजूरीकर्ता १० जनालाई उजूरीको विषय क्षेत्राधिकार नपर्ने, छलफलमा लागि आरोपित मेरो एकाघरको विवाद हेर्न नमिल्ने कानुनी व्यवस्था बमोजिम जानकारी गराएपछि निजहरूले आरोपित व्यक्ति, ठगीको विषयमा कानुनी उपचार नखोजी मेरो पद नाम, तस्विर जोडेर अनलाईन, युट्युब, फेसबुकमा प्रकाशन, प्रशारण गराउन अग्रसर भई यस मिडियाबाट समेत प्रकाशन, प्रशारण भएको विषयमा मेरो गम्भीर ध्यानकर्षण भएको छ’ उनले भनेकी छिन् ‘पीडित भनिएका केही व्यक्तिहरुको एकोहोरो प्रचारबाजी, ज्यानमार्ने धम्कीपछि कमानसिंह कामी गएको असार १० गतेदेखि घरपरिवार, फोन, सामाजिक सञ्जालको सम्पर्कमा छैनन् । पीडितहरुले आरोपित भनिएका कमानसिंह, यामबहादुरलाई प्रमाणका आधारमा कानुनी प्रक्रियामा गई मुद्धा दर्ता, कारवाही गर्न सुझाब दिएको पीडितहरुको न्यायका पक्षमा आफू सधै साथमा रहेको अवगत समेत गराउदै आएको जानकारी गराइन्छ ।’

यता, राम्रो रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कमानसिंहवरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका छन्। गुर्भाकोट नगरपालिका ३, ४, ९, ११ र भेरीगंगा नगरपालिका–६ र ८ नम्बर वडाका गरी जम्मा ९ जना छन्।

गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली,  गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर, भेरीगंगा नगरपालिका–८ खिमबहादुर डीसी र भेरीगंगाकै वडा नम्बर ६ का रमेश पुन मगरले कामीविरुद्ध ठगी मुद्दामा जाहेरी दिएको पीडित हरिबहादुर वलीले जानकारी दिए। 

जाहेरीमा उनीहरूले कमानसिंह कामी चिनजानको मान्छे भए तापनि उनले २०७९ मंसिरदेखि आफू भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको र माल्टाका विभिन्न कम्पनीमा मासिक ३ लाख ९० हजार नेपाली रुपैयाँसम्म तलब पाउने गरी १५÷२० जना कामदार पठाउने जिम्मा पाएको भनी झुक्याएको आरोप लगाएका छन्। 

यस्तो छ उनको खण्डन

विशेष