News

होटल सञ्चालक आमाछोरा मिलेर वरिष्ठ सईको हत्या, घाँटीको सिक्रि -याकमा घेटियो

होटल सञ्चालक आमाछोरा मिलेर वरिष्ठ सईको हत्या, घाँटीको सिक्रि -याकमा घेटियो

साउन ९ गते होटलमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेलको हत्यामा होटल संचालक नै संलग्न भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ। इलाका प्रहरी कार्यालय भिमगिट्ठे बागलुङका प्रमुख पौडेल होटलमा मृत फेला परेका थिए।

बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल एण्ड खाजा घरमा उनी मृत अवस्थामा फेला परेका थिए। होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय बिनोद कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

साउन ८ गते राति ८ बजे होटलमा गएका पौडेल र होटल सञ्चालकबीच विवाद भएको र त्यसपछि हत्या गरिएको बागलुङका डीएसपी मदन केसीले बताए। आशा र बिनोदले वरिष्ठ सई पौडेललाई टाउकोमा मुक्काले हानेर लडाएको र छातिमा लात्तिले हानेर बेहोस बनाएपछि पर्दाको कपडाले घाँटीमा कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको डीएसपी केसीले बताए।

राति साढे ११ बजे हत्या गरेपछि उनीहरुले घाँटीमा लगाएको सिक्री समेत लगेको खुलेको छ। उक्त सिक्री प्रहरीले किचन ¥याकबाट बरामद गरेको छ। सोधपुछका क्रममा पनि उनीहरुको संलग्नता पुष्टि भएपछि प्रहरीले जनाएको छ।

विशेष