News

सुन तस्करी प्रकरणमा एमालेले कृष्णबहादुर महराका बाबुछोरालाई जोड्यो, संसदमा नारावाजी

सुन तस्करी प्रकरणमा एमालेले कृष्णबहादुर महराका बाबुछोरालाई जोड्यो, संसदमा नारावाजी

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराका विषयमा अनुशन्धान नगरिएको विषय नेकपा एमालेले संसदमा प्रवेश गराएको छ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका स्वीटल सुन भित्र्याउने काम भइरहेको बताए ।

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाए । सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानविन नभएको उनको भनाइ छ ।

‘ठूला माछा उम्किएर हिँड्ने तर, साना माछा पक्राउ पर्ने काम भइरहेको छ ।’– उनले भने। एमालेले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भएको छ।

सत्ताको आडमा मान्छे जोगाउने काम भएको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुर्सीमा बस्ने नैतिकता नभएको गिरीले बताए।

‘सय किलो सुन प्रकरणमा गृह प्रशासनका मान्छेको सेटिङमा सुन बाहिरिन्छ, राजस्व अनुसन्धानका डिजीलाई सुनको जानकारी हुँदा प्रधानमन्त्रीलाई जानकारी थियो कि थिएन? अर्थमन्त्रीलाई थियो कि थिएन?’ गिरीले प्रश्न गरे।

उनले अगाडि थपे, ‘गृहमन्त्री र प्रधानमन्त्रीले संरक्षण गर्नुभयो। उहाँहरुको सेटिङमा उहाँहरुको सेटिङमा भएको छ। यसमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्छौं। दिउँसै रात पार्ने काम भयो, देश लुट्ने काम भयो। क्विन्टलका क्विन्टल सुन भित्र्याएर सरकार लुटमा उत्रियो।’

उनले छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने बताएपछि एमाले सांसदहरु उठेर गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्। 

विशेष